विश्व वातावरणको दिवसको अवसरमा मनहरीको चुरियामाई मन्दिर परिसरमा वृक्षारोपण

तामसालिङ खबर
२२ जेष्ठ २०८०, सोमबार १८:०६

जेठ, हेटौडा (मनहरी) – विश्व वातावरण दिवसको अवसरमा साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहरीले वृक्षारोपण कार्यक्रम गरेको छ।

संस्था २५ औं बार्षिक उत्सब (रजत जयन्ति) को अबसरमा सप्ताह ब्यापी कार्यक्रम अन्तर्गत दोस्रो दिन आज मनहरी ७ रमौली स्थित चुरियामाई मन्दिर परिसरमा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो ।

जलबायु परिबर्तनको असर अधिकांश स्थानमा देखा परेको र त्यसबाट मानव प्राणीलाई जोगाउनको लागि एउटै आधार भनेको बोटबिरुवा रहेकोले आफ्नो रजत जयन्तिको अवसर पारेर बृक्षारोपण कार्यक्रम राखेको संस्थाको अध्यक्ष बिमला कार्कीले बताउनुभयो।

कार्यक्रममा मनहरी ७ नम्बर वडा सदस्य कमल बस्नेत, ६ नम्बर वडाका वडा सदस्य बिष्णु राई, पशुपति सामुदायिक बन उपभोक्ता समुहको अध्यक्ष रघु रुम्बा, संस्थाको लेखा समिती संयोजक मातृका ढुंगाना, प्रमुख ब्यबस्थापक ज्योती सुबेदी, संस्थाका कर्मचारीहरु र शेयर सदस्यको बाक्लो उपस्थिती रहेको थियो ।

संस्थाको सप्ताहब्यापी कार्यक्रम अन्तर्गत जेष्ठ २३ गते भोलि रक्तदान कार्यक्रम, २४ गते माध्यामिक तहका बिद्यार्थीहरु बिचमा बक्तृत्वकला प्रतियोगिता, २५ गते कृषक सम्मान तथा पुरस्कार बितरण र २६ गते संस्थाको आधुनिक सभाहल भवनको उद्घाटन एबम सहकारीकर्मी सम्मान तथा पुरस्कार बितरण गर्दै कार्यक्रम समापन हुने आयोजकले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*