बागमती प्रदेशको मन्त्रिपरिषद्ले पायो पूर्णता
जेठ, हेटौंडा – बागमती प्रदेशमा मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार कांग्रेसका ४ र एकीकृत नेकपा समाजवादीका २ सहित ६ जना मन्त्री नियुक्त गरे सँगै मन्त्री मण्डलमा १२ जना भएका छन् ।
मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा आइतबार नै नियुक्त भएका मन्त्रीलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनियताको सपथ गराएका छन् । प्रदेश प्रमुख शर्माले कांग्रेसका तर्फबाट नवनियुक्त मन्त्रिहरु पुकार महर्जनले पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय, उत्तम जोशीले स्वास्थ्य मन्त्रालय र मसिना खड्काले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् भने रामकृष्ण चित्रकारले विना विभागीय मन्त्रिको रुपमा सपथ गराएका छन् ।
यसैगरी, एकीकृत समाजवादीका तर्फबाट डा. राजेन्द्रमान श्रेष्ठलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय र लक्ष्मण लम्साललाई श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिईको छ ।
यसअघि कांग्रेसका तर्फबाट तर्फबाट बहादुरसिंह लामालाई आर्थिक मामिला तथा योजना मन्त्री र तीर्थबहादुर लामा खानेपानी, उर्जा तथा सिँचाई मन्त्रीको जिम्मेवारी रुपमा नियुक्त भइसकेका छन् ।
प्रदेशमा माओवादीका शालिकराम जम्कट्टेल मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गंगानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कुमारी मुक्तान सामाजिक विकास मन्त्रालय र युवराज दुलाल भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारीमा छन् ।