नवनियुक्त मन्त्री आचार्यले लिए शपथ

तामसालिङ खबर
२४ बैशाख २०८०, आईतवार १७:२७

बैशाख, काठमाडौ – नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्र आचार्यले शपथ ग्रहण गरेका छन्।

नेपाली कांग्रेसको सिफारिसमा प्रधानमन्त्री पुष्पकमल दाहालले आचार्यलाई मन्त्री नियुक्त गरेका हुन्। मन्त्री आचार्यलाई शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।

शपथग्रहण कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासहित उच्च पदस्थ सरकारी अधिकारी उपस्थित थिए।

हाल महिला, बालबालिकामन्त्री रहेका महिन्द्र राय यादवको मन्त्रालय हेरफेर गर्दै उनलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ। उक्त मन्त्रालय प्रधानमन्त्री दाहालले सम्हाल्दै आएका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*