विवादै विवादको बीचमा सकियो, मनहरीको सामुदायिक वन उपभोक्ता महासंघको दोस्रो अधिबेशन

अधिबेशनले रघुनाथ रुम्बा चयन हुँदा, मिजार पक्षको बहिष्कार
तामसालिङ खबर
११ बैशाख २०८०, सोमबार ०६:४४

बैशाख, हेटौडा (मनहरी) – मकवानपुरको मनहरी गाउँपालिकामा सामुदायिक वन उपभोक्ता महासंघको दोस्रो अधिवेशन विवादै विवादका बिचमा सकिएको छ । अधिवेशनले रघुनाथ रुम्बाको नेतृत्वमा नयाँ कार्यसमिती चयन गरेको छ ।

रुम्बाको नेतृत्वमा नयाँ कार्यसमिती चयन भएपनि एक पक्ष भने असन्तुष्ट भएका छन् । अधिवेशनमा अध्यक्ष पदका अर्का आकांक्षी विर वहादुर मिजारले भने, ‘अधिवेशन र त्यसबाट चयन भएका नयाँ कार्यसमितीलाई बहिष्कार गर्ने घोषणा गरेका छन्’ ।

अधिवेशनमा धाँधली गरेर नै अर्कोलाई नेतृत्व दियो, त्यस प्रति हाम्रो बहिष्कार गर्छौ, पालिकामा जम्मा १८ वटा सामुदायिक बन उपभोक्ता समितिहरु मध्ये १६ वटा समितीले मिजारलाई चयन गर्ने प्रस्ताव राखेका थिए ।

तर अधिवेशनमा निवर्तमान अध्यक्ष हेमलाल उप्रेती र राजाराम स्याङ्तान लगायतका समुहले विभिन्न नीतिहरु देखाई उनलाई अध्यक्ष हुनबाट रोकेको उनको आरोप छ । साथै स्याङ्तानले उनलाई अपशव्द बोल्दै आफ्नो मानहानी गरेको उनले आरोप लगाए ।

अधिवेशन स्थलमा केहि समय स्याङ्तान र मिजार बिच हात हालाहालको अवश्था समेत आएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
स्याङ्तानले भने त्यस्तो कुनै पनि स्थीती श्रृजना नभएको जिकिर गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*