नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ बागमती प्रदेशले पायो पूर्णता

तामसालिङ खबर
१५ फाल्गुन २०७९, सोमबार ११:३२

फाल्गुन, हेटौडा – नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा) को बागमती प्रदेश कार्यसमितिले पूर्णता पाएको छ । शनिवार हेटौंडामा भएको दोस्रो भेलाबाट १३ सदस्यीय कार्य समितिमा पदाधिकारी तथा सदस्यहरु चयन भएसँगै समितिले पूर्णता पाएको हो ।

प्रदेश अध्यक्षमा शंकर सिंह एक बर्षअघिनैं केन्द्रीय अधिवेशनबाट निर्वाचित भएका थिए । जिल्ला समितिहरु गठन गर्ने कार्यमा व्यस्त रहेका कारण प्रदेश समितिलाई पूर्णता दिन नसकिएको सिंहले बताउनुभयो । शनिवारको भेलाले नेल्टाको उपाध्यक्षमा राजु नेपाल र सिता अर्याल, सचिवमा राजन बन्जारा, सहसचिवमा राम मिजार र कोषाध्यक्षमा मुकुन्द नेपाल सर्वसम्मत चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा राजिव पोखरेल, नेत्रनारायण आचार्य, रघुवर नेपाल, दिपेश लामिछाने, अनुप दुलाल, लिलानाथ घिमिरे र नमराज पराजुली चयन भएका छन् । भेलाको उदुघाटन गर्नुहुँदै नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले पशु पालनको माध्यमबाट जनतालाई आत्मनिर्भर बनाउन पशु प्राविधिकको भुमिका महत्वपुर्ण हुने बताउनुभयो ।

उहाँले पशु प्राविधिकलाई राज्यको तर्फबाट गर्नुपर्ने सबैकिसमको सहयोगको लागि आफुले सहयोग गर्ने बचनबद्धता प्रकट गर्नुभयो । पशुप्राविधिकरुले व्यक्त गरेका समस्याहरु समाधान गर्न प्रदेश र केन्द्रीय सरकारमार्फत आफुले पहलकदमी लिने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

नेल्टाका केन्द्रीय अध्यक्ष जनक रावलले पशु स्वास्थ्य विधेयकमा भएका प्राविधिकलाई काम गर्न असहज हुने विषयहरु संशोधनका लागि पहल गरिदिन नेता बानियाँलाई अनुरोध गर्नुभयो । उहाँले प्राविधिक र किसानमुखि विधेयक ल्याउन आग्रह गर्नुभयो । विधेयकमा संशोधन गर्नुपर्ने विषयलाई उहाँले टिपोट गरेर नेता बानियाँलाई हस्तान्तरण गर्नुभएको थियो ।

नेल्टाका बागमती प्रदेश अध्यक्ष शंकर सिंहले पशु प्राविधिकले औषधी व्यवसायीको रुपमा समेत काम गर्न पाउनुपर्ने कानूनी व्यवस्था गनुपर्ने बताउनुभयो । उहाँले राज्यले पशु प्राविधिकलाई तालिम दिएर देशको नियम कानूनको परिधिभित्र रहि औषधी विक्रिवितरणको काम गर्न पाउने व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता रामकृष्ण चित्रकार, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निमित्त निर्देशक डा.बज्रकिशोर ठाकुर लगायतको आतिथ्यता रहेको थियो । भेलामा जिल्ला अध्यक्ष पुरुषेत्तम अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*