ऋद्धिसिद्धि सिमेन्टद्वारा मनहरी बहुमुखी क्याम्पसलाई शैक्षिक सामाग्री सहयोग

तामसालिङ खबर
१३ फाल्गुन २०७९, शनिबार ०८:५७

फाल्गुन, हेटौडा (मनहरी) – पश्चिम मकवानपुरको मनहरी बहुमुखी क्याम्पसलाई ऋद्धि सिद्धि सिमेन्ट उद्योगले शैक्षिक सामाग्री सहयोग गरेको छ । शुक्रबार एक कार्यक्रमका बीच उद्योगले क्याम्पस प्रशासनलाई आवश्यक पर्ने शैक्षिक सामाग्री हस्तान्तरण गरेको हो ।

उद्योगको प्रबन्ध निर्देशक गुणबहादुर खनाल, प्रमुख ब्यबस्थापक कैलाश कुमार चौहान, मानव श्रोत ब्यबस्थापन बिभागीय प्रमुख अच्युत पराजुली लगायतको उपस्थिति ल्याप्टप १ थान, डेक्सटप कम्प्यूटर १ थान, कलर प्रिन्टर १ थान, प्रोजेक्टर १ थान गरि क्याम्पस प्रशासनलाई हस्तान्तरण गरिएको छ ।

बजारको अवस्था खराब हुदापनि क्याम्पसको लागि सहयोग गर्न पाएकोमा खुसी छौ, आगामी दिनमा क्याम्पस संग सहकार्य गरि कम्पनीले सक्दो अन्य कुरामा सहयोग गरि उद्योगका प्रबन्ध निर्देशक खानाले प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

सामाग्री ग्रहण गर्दै मनहरी बहुमुखी क्याम्पसका अध्यक्ष ओमबहादुर ग्लानले निश्वार्थ रुपमा गरिएको यो सहयोगले गरिब तथा जेहेन्दार बिधार्थी पढ्ने क्याम्पसको बिद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रधान गर्न थप सहयोग मिलेको भन्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा राख्दै सहयोगी दातालाई धन्यवाद दिनुभएको थियो ।

त्यस्तै, क्याम्पसलाई दीर्घकालीन रुपमा सन्चालन गराउनको लागि अक्षयकोष खडा गरिएकोले ईच्छुक ब्यक्तिहरुले सक्दो सहयोग गर्न सकिने भन्दै सबैमा अपिल गर्नुभएको थियो ।

कार्यक्रममा मनहरी गाउँपालिका निबर्तमान अध्यक्ष एकराज उप्रेती, स्थानीय समाजसेबी वीरबहादुर घलान ‘ज्वाला’, अशोक मोक्तान, यदुनाथ श्रेष्ठ, सन्तबहादुर थिङ, ओम स्याङतान र बावु कोइराला लगायत क्याम्पस ब्यबस्थापन समितिका सदस्यहरु मातृका ढुंगाना, ज्योती सुवेदी, क्याम्पस प्रमुख अमीत पौडेल लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*