किसानको समस्या सुनुवाईको लागि कृषि मन्त्रालयमा टोल फ्री नम्बर

तामसालिङ खबर
१० फाल्गुन २०७९, बुधबार १६:०२

फाल्गुन, हेटौँडा – बागमती प्रदेशको कृषि मन्त्रालयमा टोल फ्री नम्बरको सुरुवात गरिएको छ । प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री केशब प्रसाद पोख्रेलले टोल फ्री नम्बर बुधबार उद्घाटन गर्नुभयो ।

अब प्रदेशभरीका किसानहरुले आफ्ना समस्या मन्त्रालयमा सिधै पैसा नलाग्ने नम्बरमा फोन गरेर टिपाउन सक्नेछन् । किसान सहित मन्त्रालयसँग सरोकार राख्नेहरुको समस्या सुन्नको लागि निशुल्क सेवाको रुपमा ‘टोल फ्रि नम्बर’को सुरुवात गरेको हो ।

बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री केशवप्रसाद पोखरेलले निशुल्क टेलिफोन सेवाको सुरुवात गर्दै टोल फ्रि नम्बरले किसानहरुले सिधै मन्त्रालयसँग पहुँच राख्नसक्ने बताउनुभयो ।

मन्त्रालयप्रति किसान वा सरोकारवालाले टोल फ्रि नम्बर १८१०५००००११ नम्बरमा निःशुल्क रुपमा फोन गरेर आफ्ना समस्या, गुनासोहरु टिपाउन सक्नेछन् । यो सेवा हाललाई कार्यालय समयमा मात्र हुने मन्त्रालयले जनाएको छ । फोनको चाप बढेको अवस्थामा समय पनि बढाउने मन्त्री पोखरेलको भनाई रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*