राक्सिराङमा कृषि हाटबजार सञ्चालन हुने

तामसालिङ खबर
२८ माघ २०७९, शनिबार ०७:४८

माघ, हेटौंडा (राक्सिराङ) – मकवानपुरको राक्सिराङ गाउँपालिकामा फागुन १ गतेबाट कृषि हाटबजार सञ्चालन हुने भएको छ । राक्सिराङ गाउँपालिका वडा नम्बर ५ चैनपुरको व्यवस्थापन समितिको आयोजनामा कृषि हाटबजार सञ्चालन हुने भएको हो ।

कृषि हाटबजार राक्सिराङ गाउँपालिकाका ९ वटै वडा समेट्ने गरी स्थानीय उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यले सञ्चालन गर्न लागेको समितिका संयोजक सन्तोष थापाले जानकारी दिनुभयो ।

हाट बजारमा रैथानेबाली, कृषि उपज वस्तुहरुको प्रदर्शनी तथा बिक्री वितरण गर्नुका साथै स्थानीय खानाका परिकारहरुको २० वटा स्टल रहने थापाले बताउनुभयो । त्यस्तै, कृषि हाटबजारमा स्थानीय कलाकारहरुले जातीय पहिचान, साँस्कृतिक नृत्य तथा गायन प्रस्तुत गर्ने उहाँले जानकारी दिनुभयो ।

कृषि हाटबजार महिनामा २ दिन प्रत्येक महिनाको १ गते र १५ गते सञ्चालन हुनेछ । कृषि हाटबजार राक्सिराङ गाउँपालिका तथा विभिन्न कृषि सहकारी संस्थाहरुको सहयोगमा सञ्चालन हुने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*