क्रान्तिकारी माओवादीको प्रदेश सचिवालय सदस्य सहित १७ जना नेकपा माओवादी केन्द्रमा प्रवेश

तामसालिङ खबर
१५ माघ २०७९, आईतवार १७:४३

माघ, हेटौडा – मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओबादी र बिपी कांग्रेस सहितको नेता कार्यकर्ताहरु नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रमा प्रवेश गरेको छ।

नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिको कार्यालयमा आइतबार बिहान पार्टी प्रवेश कार्यक्रमको आयोजना गर्दै माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा मकवानपुरकी ईन्चार्ज कुमारी मोक्तानले क्रान्तिकारी माओवादीको प्रदेश सचिवालय सदस्य, प्रदेश सदस्य एवम् जिल्ला सह इन्चार्ज, जिल्ला सचिवालय सदस्यहरु लगायत बिपी कांग्रेसबाट समाहित भएका नेता कार्यकर्ताहरुलाई नेकपा माओवादी केन्द्रमा स्वागत गर्नु भएको हो ।

नेकपा क्रान्तिकारी माओवादीको सागर उप्रेतीको नेतृत्वमा १६ जना र बिपी कांग्रेसबाट १ जना गरि १७ जना माओवादी केन्द्रमा प्रबेश गरेका छन् । नवप्रबेशीहरु बीच सम्बोधन गर्दै पार्टी पोलिटब्युरो सदस्य तथा मकवानपुरकी ईन्चार्ज कुमारी मोक्तानले हिजो हामी संगै थियौ, पुन: आफ्नो घर फर्किनु भयो अब टुटफुटले राजनैतिक गन्तब्यमा नपुग्ने भएकोले अब सबैजना एक ढिक्का भएर पार्टीलाई बलियो बनाउनु पर्ने अवस्था आएको बताउनुभयो ।

नेकपा माओवादी केन्द्र जिल्ला संयोजक सर्केश घलानको अध्यक्षतामा भएको पार्टी प्रवेश कार्यक्रममा पोलिटब्युरो सदस्य तथा मकवानपुरकी ईन्चार्ज कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा भएको थियो।

कार्यक्रममा पार्टी केन्द्रिय सदस्य प्रल्हाद लामिछाने, प्रदेश कमिटि सदस्य लक्ष्मी पाख्रिन, जिल्ला सदस्य दिनेश श्रेष्ठ, अजिब भट्टराई, हेटौडा उपमहानगर पार्टी अध्यक्ष तिर्थबहादुर थापा मगर, वाइसीएल मकवानपुरको संयोजक लबराज ठकुरी लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*