गृहमन्त्रीको राजीनामा माग गर्दै जनकपुरधाममा प्रदर्शन
माघ, काठमाडौं – धनुषाको जनकपुरधाममा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै विरोध प्रदर्शन भएको छ ।
सोमबार भारत गएका बेला अपहरणपछि हत्या गरिएका दुई युवा मृत फेला परेपछि मृतकका आफन्त तथा स्थानीय छानबिन तथा दोषी पक्रिन माग गर्दै विरोध प्रदर्शनमा उत्रिएका हुन् । भारत गएका बेला सम्पर्कविहीन भएका जनकपुरधाम उपमहानगर–८ का २१ वर्षीय रोहित साह र १३ का २२ वर्षीय विष्णु साहको शव आइतबार परेको थियो ।
घटनाबारे प्रहरीलाई जानकारी गराउँदा समेत बेवास्ता गरेपछि पीडितका आफन्तर स्थानीय विरोधमा उत्रिँदै गृहमन्त्रीको राजीनामा मागेका हुन् । हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई नेपाल र तीन जनालाई भारतबाट पक्राउ गरेको छ ।