पोखरा जहाज दुर्घटना: आज शोक बिदा, राष्ट्रिय झण्डा आधा झुकाइने

तामसालिङ खबर
२ माघ २०७९, सोमबार ०७:५५

माघ, काठमाडौं – पोखरामा आइतबार भएको विमान दुर्घटनाको दुःखमा आज सरकारले शोक बिदा दिएको छ। आइतबारको मन्त्रिपरिषद् निर्णय अनुसार आज मुलुकभर शोक बिदा दिइएको हो। शोकमा आज राष्ट्रिय झन्डा आधा झुकाइने छ।

आइतबार काठमाडौंदेखि पोखराका लागि उडान भरेको यती एयरलाइन्सको एटीआर-७२ विमान पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा सेती नदी नजिकको खोँचमा दुर्घटनाग्रस्त बनेको थियो।

विमानमा चालक दलका ४ र यात्रुहरू ६८ गरी ७२ जना सवार थिए । आज अत्यावश्यक बाहेकका सेवा र कार्यक्रम स्थगित गरिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए । मन्त्रालयका अनुसार २५ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको कार्यक्रम पनि स्थगित गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*