मुख्यमन्त्री जमकट्टेलद्वारा सहिद पाख्रिनको सालिकमा माल्यार्पण

तामसालिङ खबर
२७ पुष २०७९, बुधबार ०७:५६

पुष, हेटौडा (मकवानपुर गढी) – बागमती प्रदेशका मुख्यमन्त्री शालिकरा जमकट्टेलले सहिद रुद्र पाख्रिनको सालिकमा माल्यार्पण सहित श्रद्धाञ्जली ब्यक्त गर्नुभएको छ । मंगलबार प्रदेश प्रमुखबाट सपथ ग्रहण संगै पदभार सम्हाले लगतै मुख्यमन्त्री जमकट्टेल मकवानपुर गढी ४ स्थित रुद्र स्मृति पार्कमा पुगेर श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो ।

कार्यक्रममा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवम् निवर्तमान सामाजिक विकासमन्त्री कुमारी मोक्तान, प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी ‘छिन्तु’, निवर्तमान प्रदेश संसद ओमबहादुर ग्लान, जिल्ला समन्वय समिति मकवानपुर प्रमुख ललित घलान, मकवानपुर गढी गाउँपालिका उपाध्यक्ष मानकुमारी नेपाली (पाख्रिन), प्रदेश कमिटि सदस्य बीरबहादुर घलान ज्वाला, जिल्ला पार्टी संयोजक सर्केश घलान मधु, सचिब भिम पाख्रिन, पार्टी प्रतिनिधि लगायतकाको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*