संविधानको मर्म र भावनाभन्दा दाँयाबायाँ गर्ने छुट मलाई छैन – प्रधानमन्त्री प्रचण्ड

तामसालिङ खबर
२६ पुष २०७९, मंगलवार १७:३७

पुष, काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान कार्यन्वयनप्रति सरकार प्रतिबद्ध रहेको बताएका छन् ।संसदमा बोल्दै प्रचण्डले हिजो संसद विघटनको विषय अहिलेको सत्ता गठबन्धनको विषय नभएको बताएका छन् ।

उनले सरकार संबिधान कार्यान्वयन गर्न प्रतिबद्ध रहेको भन्दै संविधानको मर्म अनुसार अगाडी बढ्न प्रतिबद्ध रहेको बताएका छन् । प्रचण्डले आफुलाई पनि संविधानको मर्म र भावनाबाट दाँया बायाँ गर्ने छुट नभएको बताए ।

प्रचण्डले अहिलेको सत्ता साझेदार दलहरुमा कतिपय विषयमा फरक मत रहेको र अहिले गठबन्धनमा नरहेका दलहरुसँग पनि धेरै विषयमा सहमति रहेको उल्लेख गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*