बागमती प्रदेशमा मुख्यमन्त्री जमकट्टेल र दुइ मन्त्रीले लिए सपथ

तामसालिङ खबर
२६ पुष २०७९, मंगलवार १६:२३

पुष, हेटौँडा – बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले पद तथा गोपनियताको सपथग्रहण गरेका छन् । मंगलबार बिहान प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीमा जमकट्टेललाई सपथ ग्रहण गरेका हुन् ।

सपथग्रहण गरे सँगै मुख्यमन्त्री जम्कट्टेल प्रदेको चौथो मुख्यमन्त्री बनेका छन् । यस अघि डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य, राजेन्द्र प्रसाद पाण्डे मुख्यमन्त्री भैसकेका छन् ।

उहाँ प्रदेशसभाको पहिलो कार्यकालमा आन्तरिक मामिला तथा कानुन मन्त्री र आर्थिक मामिला तथा योजना मन्त्रीका रुपमा काम गरिसक्नु भएको छ । जम्मकट्टेललाई प्रदेशसभामा ५ दलका ७० सांसदको समर्थन छ ।

यस्तै, प्रदेश प्रमुख शर्माले एमालेका संसदीय दलका नेता जगन्नाथ थपलियालाई आर्थिक मामिला तथा योजना मन्त्रालय र राप्रपाका संसदीय दलका नेता उद्धब थापालाई बिना बिभागिय मन्त्री पदमा सपथग्रहण गराउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*