बागमती प्रदेशको मुख्यमन्त्रीमा शालिकराम जम्मकट्टेल नियुक्त

तामसालिङ खबर
२५ पुष २०७९, सोमबार १७:३४

पुष, हेटौंडा – नेकपा माओबादी केन्द्र बागमती प्रदेशको संसदीय दलका नेता शालिकराम जमकट्टेल बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनु भएको छ । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले नेकपा माओबादी केन्द्रका संसदीय दलका नेता जमकट्टेललाई मुख्यमन्त्रीका रुपमा नियुक्त गरिएको हो ।

नेकपा एमाले, नेकपा माओबादी केन्द्र, राप्रपा, एकिकृत समाजबादी र हाम्रो नेपाली पार्टीका सांसदहरुको समर्थनमा मुख्यमन्त्री बन्नु भएको हो । नबनियुक्त मुख्यमन्त्री जमरकटेल यसअघि प्रदेशको आन्तरिक मामिला मन्त्री र आर्थिक मामिला मन्त्रीका रुपमा काम गरिसक्नु भएको थियो ।

१ सय १० सदस्यीय प्रदेशसभामा सरकार बनाउन ५६ सिट आवश्यक पर्छ । बागमतीमा मुख्यमन्त्रीमा समर्थन गर्ने दलहरुसंग ७० सिट छ । सरकारमा गठबन्धनका तीनवटै दलले दाबी गरेका थिए । गठबन्धनमा भएको सहमतिअनुसार बागमतीको सभामुख राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र उपसभामुख एमाले पाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*