तमु ल्होसारमा सरकारले दिने आर्थिक सहयोग दोब्बर गर्छौ – प्रधानमन्त्री प्रचण्ड

तामसालिङ खबर
१५ पुष २०७९, शुक्रबार १८:४९

पुष, काठमाण्डौं – प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड) ले तमु ल्होसारका निम्ति सरकारले दिने आर्थिक सहयोग दोब्बर गर्ने घोषणा गरेका छन् । शुक्रबार काठमाण्डौंको टुँडिखेलमा आयोजित तमु ल्होसार समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा उल्लेख गर्नुभयो ।

आफु दोस्रो पटक प्रधानमन्त्री हुँदा ल्होसारमा आर्थिक सहयोग गर्छु भनेर बोलेको तर प्रधानमन्त्री छोडेपछि सहयोग नआएको भन्ने गुनासो आएको बताउँदै प्रचण्डले अब सहयोगलाई दोब्बर बनाउने घोषाणा गरेका हुन् ।

‘तमु ल्होसार निम्ति बिगत सरकारले पनि सम्मान र सहानुभूति स्वरुप आर्थिक सहयोग गर्दै आएको मलाई थाहा छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘म पनि दोस्रो चोटी प्रधानमन्त्री हुँदा मैले बोलेको थिएँ । तर, मैले प्रधानमन्त्री छोडेपछि त्यो आर्थिक सहयोग भएन भनेर मलाई सुनाउनुभयो । यो पटक अहिलेसम्म दिइएको भन्दा बढी रकम दिइने छ । र, मेलै दिने छु ।’

प्रधानमन्त्री प्रचण्डले ल्होसारमा सुरक्षा व्यवस्था कडा गर्न सुरक्षाकर्मीलाई निर्देशन समेत दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*