फागुन २८ गतेको लागि स्ववियु निर्वाचन प्रस्ताव

तामसालिङ खबर
१३ पुष २०७९, बुधबार ०६:३८

पुष, काठमाडौ – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव गर्न त्रिविले तयारी थालेको छ । त्रिविले २० विद्यार्थी संगठन सँग सोमबार चुनावको मितिबारे छलफल गरेको हो ।

स्ववियु निर्वाचन गर्न विद्यार्थी संगठन सहमत छन् तर मिति घोषणा हुन बाँकी छ। त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले फागुन २८ मा चुनाव गर्न प्रस्ताव गरेको बताए ।

त्रिवि कार्यकारी परिषद्ले स्ववियु चुनावको मिति तोक्ने सहमति जुटेको छ । त्रिवि क्याम्पसमा २०६५ देखि स्ववियु चुनाव भएको छैन । स्ववियु निर्वाचनमा २८ वर्ष उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणाली लागू गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*