कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित

तामसालिङ खबर
६ पुष २०७९, बुधबार १८:०८

पुष, काठमाडौ – नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित हुनु भएको छ । महामन्त्री गगनकुमार थापालाई ३९ मतान्तरले पराजित गर्दै देउवा दलको नेतामा निर्वाचित हुनुभएको हो ।

देउवाले ६४ मत पाउँदा गगनले २५ मत मात्र पाउनुभयो । निर्वाचनमा सबै ८९ जना सांसदहरुले मतदान गरेका थिए ।

नेपाली कांग्रेस संसदीय दलको निर्वाचनमा सांसद माया राईले अस्पतालबाटै भोट हालेकी छन् । उनी सुत्केरी भएर ओम अस्पतालमा भर्ना भएकी छन् । निर्वाचन समितिका प्रतिनिधिहरु अस्पतालमै पुगेर उनको मत संकलन गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*