मुस्लिम र थारुलाई, मधेशीको सुचीबाट हटाइयो

तामसालिङ खबर
१ पुष २०७९, शुक्रबार १९:००

पुष, काठमाण्डौ – मधेशी आयोगले मुस्लिम र थारुलाई मधेशीको सूचीबाट हटाएको छ । मधेशी आयोगद्वारा गरिएको ‘नेपालमा मधेशी समुदायको थर सूचीकरण-२०७८’ को उपसमूह-१ मा रहेको थारु र २ मा रहेको मुस्लिमलाई हटाएको हो ।

मधेशी आयोगको उपसचिव सबिता डङ्गोलले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै मधेशी आयोगले थारु र मुस्लिम आयोगका अध्यक्ष सहितको पदाधिकारीहरूले सार्वजनिक रूपमा थारु र मुस्लिम समुदायको अलगै पहिचान र सभ्यता रहेको र सो मधेशी समुदायसँग मेल नखाने भएकोले सुचीबाट हटाएको बताएकी छिन् ।

यस्तो निर्णयमा मधेशी आयोगको विरोध गर्नुपर्ने कुनै तर्क नरहेको उनको उल्लेख गरेकी छिन् । थारु र मुस्लिम आयोग सँगै थारु साहित्य समाज, थारु कल्याणकारिणी सभालगायत दर्जनौँ संघ-संस्थाहरुले मधेशी आयोगमा थारु र मुस्लिमलाई मधेशीको सुची बाट हटाउन निवेदन दिएको आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले बताए ।

आयोगका अध्यक्ष डा.दत्तका अनुसार सरोकारवाला संवैधानिक आयोगहरूले नै हामी मधेशी होइनौ भनेपछि मधेशी आयोगले सो निर्णय गरेको उनले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*