नयाँ पार्टी खोल्ने तयारीमा प्रभु साह

तामसालिङ खबर
१६ मंसिर २०७९, शुक्रबार १०:५७

मंसिर, काठमाडौ – स्वतन्त्र उम्मेदवारी दिएर रौतहट प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट चुनाव जितेका नेता प्रभु साह नयाँ पार्टी खोल्ने तयारीमा जुटेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको टिकट वितरणमा असन्तुष्टि जनाउँदै साहले पार्टीबाट विद्रोह गरेर रौतहट ३ मा स्वतन्त्र उम्मेदवारी दिएका दिए ।

यद्यपि प्रभु साहलाई माओवादी केन्द्रसहित सत्ता गठबन्धनले चुनावमा सघाएको थियो । माओवादीबाट उम्मेदवारी दिएका रवीन्द्र पट्टेललाई रौतहट २ मा ब्याक भएर साहलाई समर्थन गर्न माओवादीले निर्देशन दिएको थियो । तर, पट्टेलले उम्मेदवारी फिर्ता लिन नमानेपछि उनी माओवादीको कारबाहीमा परेका थिए ।

यस्तै साहकै समूहबाट रौतहट २ मा स्वतन्त्रबाट उम्मेदवारी दिएका किरणकुमार साह निर्वाचित भएका छन् । निर्वाचित भइसकेपछि साहले कांग्रेस छाडेर स्वतन्त्र उम्मेदवारी दिई सर्लाही ४ बाट निर्वाचित अमरेशकुमार सिंहलाई समेत जोड्न खोजेका छन् ।

नयाँ पार्टी निर्माणका प्रभुले सिंहसमेतलाई सहभागी गराउन खोजेको उनी निकट एक नेताले बताए । ‘प्रभुजी नयाँ दल खोल्ने अभियानमा जुट्नु भएको छ । कम्युनिस्ट दल खोल्नुहुन्छ कि गैरकम्युनिस्ट भन्न सकिँदैन’ उनी निकट ती नेताले भने, ‘तर उहाँ अब नयाँ दल खोल्नेमा करिब करिब निष्कर्षमा पुग्नु भएको छ ।’ साहले एमालेमा गएका पूर्व माओवादीका असन्तुष्ट नेतालाई समेत जोड्ने भन्दै भेटघाट जारी राखेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*