मकवानपुर २ को (ख) प्रदेश सभामा ईन्द्रबहादुर बानियाँ विजयी

तामसालिङ खबर
७ मंसिर २०७९, बुधबार १९:०८

मङ्सिर, हेटौंडा – मकवानपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को (ख) प्रदेश सभामा लोकतान्त्रिक बाम गठबन्धनको उम्मेदवार नेपाली काङ्ग्रेसका इन्द्रबहादुर बानियाँ विजयी हुनुभएको छ ।

बुधबार साझ सार्वजनिक मत परिणाम अनुसार निकटतम प्रतिद्वन्दी नेकपा एमालेको उम्मेदवार लालबहादुर थापालाई १ हजार ७ सय ८२ मतले पराजित गर्नुहुँदै बानियाँ बागमती प्रदेशको प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

बानियाँले १८ हजार ७ सय १७ मत प्राप्त गर्नुभएको थियो भने एमालेका थापाले १६ हजार ९ सय ३५ मत प्राप्त गर्नुभयो । त्यस्तै, राप्रपाका बद्रीबहादुर खड्काले २ हजार १ सय १९ मत प्राप्त गर्नुभयो ।

२०७४ सालको प्रदेश सभा सदस्य निर्वाचनमा बानियाँ यसै क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । यस क्षेत्रमा ४० हजार ५ सय ९९ मत खसेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*