महेश बर्तौलाको अग्रता कायमै, १ हजार ४ सय ७ मतले खतिवडा पछि परे

तामसालिङ खबर
७ मंसिर २०७९, बुधबार १३:१९

मंसिर, हेटौडा – हेटौडाको सिद्धार्थ माबिमा जारी प्रतिनिधि सभाको मत गणनामा मकवानपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेको उम्मेदवार महेशकुमार बर्तौलाको निरन्तर अग्रता कायम रहेको छ ।

त्यस्तै, नेकपा एकीकृत समाजवादी पार्टीको बिरोध खतिवडा १ हजार ४ सय ७ मतान्तरले निरन्तर दोस्रो स्थानमा रहेको छ। हाल सम्म ४५ हजार ६ सय ६४ मत गणना गर्दा, बर्तौलाले १८ हजार ८८ मत प्राप्त गरेका छन् भने खतिवडाले १६ हजार ६ सय ८१ मत प्राप्त गर्नु भएको छ ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीको भरत पराजुलीले ६ हजार १ सय ३९ मत प्राप्त गर्नु भई तेस्रो स्थानमा रहेको छ।

हेर्नुहोस् मत परिणाम –

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*