काठमाडौं २ मा सोविता गौतमको फराकिलो अग्रता, ओनसरी दोस्रो
मंसिर, काठमाडौ – काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतमले फराकिलो मतान्तर बनाएकी छिन् । ६ हजार मत गणना हुँदा गौतमले १ हजार ७ सय ९ मत पाएकी छिन् ।
दोश्रोमा सत्ता गठबन्धनबाट साझा उम्मेदवार माओवादीकी ओनसरी घर्तीले १ हजार २ सय ८६ मत पाएकी छिन् । तेस्रोमा राप्रपाकी कुन्तीदेवी पोख्रेलले १ हजार ११४ मत पाएकी छिन् । चौथोमा एमालेका उम्मेदवार मणिराम फुयालले १ हजार ८९ मत पाएका छन् ।