‘फेमेली प्लान’ छैन ? त्यसो भए कसरी रोक्ने गर्भ ?
मंसिर, काठमाडौँ – यौन अत्यन्त गोप्य र निजी सरोकारको विषय हो । तथापी विवाहअघिको यौनका लागी सुरक्षित यौनका बारेमा जान्नु आवश्यक हुन्छ । विवाहपछि पनि अक्सर दम्पतीले लगत्तै ‘फेमेली प्लान’ बनाउँदैनन् । यस्तोमा गर्भ रोक्न विभिन्न उपाय अपनाउने गरीएको छ ।
आजकल धेरैले चिकित्सकको परामर्श बिना नै गर्भ निरोधक चक्की सेवन गर्ने गरेका छन् । तर यो सुरक्षित हुदैँन । कुनै महिलामा मधुमेह, उच्च रक्तचाप, थाइराइड जस्ता समस्या छन् भने उनीहरुले आफुखुसी गर्भ निरोधक चक्की सेवन गर्नु हुदैँन । यसका लागि चिकित्सकको परामर्श अनिर्वाय हुन्छ । साथै गर्भनिरोधका कुन साधान वा चक्की सुरक्षित वा असुरक्षित छ त्यसबारे बुझ्नु पर्ने हुन्छ।
कम्बिनेसन चक्की
गर्भ रोक्नका धेरै महिला कम्बिनेसन चक्की लिने गर्दछन् । यसमा एस्ट्रोजन र प्रोजेस्टेरन हुन्छ, जो फिमेल हर्मोन हो । तर यस बिषयमा पनि चिकित्सकको परामर्श आवश्यक हुन्छ ।
मिनी पिल्स
मिनी पिल्सलाई प्रोजेस्टेरन पिल्स पनि भनिन्छ । यसको २८ चक्कीको एउटा प्याक हुन्छ, जसमा २१ दिनको चक्कीमा प्रोजेस्टेरन हर्मोन हुन्छ र बाँकी ७ चक्कीमा कुनै हर्मोन हुँदैन । अहिले त्यो अन्तिम ७ चक्कीमा आइरन हुन्छ, ताकि शरीरमा यसको कमी हुन नपाओस् ।
इमर्जेन्सी पिल्स
अनिच्छित गर्भ रहन गएमा यो चक्की प्रयोग गर्न सकिन्छ । यद्यपी यसको प्रभावकारीता लामो समय हुँदैन । यौन सम्पर्क गरेको केवल ७२ घण्टाभित्र यो चक्की सेवन गरिसक्नुपर्छ ।
कण्डम
गर्भनिरोधका लागि कण्डोमको प्रयोग सबैभन्दा उत्तम विकल्प मानिन्छ । यसले महिलाको शरीरमा कुनै प्रकारको हर्मोनल परिवर्तन पनि ल्याउँदैन । न त यो असुरक्षित नै छ । यो पूर्ण सुरक्षित भने हुँदैन । कहिँलेकाँहि कण्डोम फुट्न पनि सक्छ ।