विश्वकप अबधिभर रंगशाला वरपर मदिरा बिक्रीमा प्रतिबन्ध

तामसालिङ खबर
३ मंसिर २०७९, शनिबार ०७:०४

मंसिर, एजेन्सी – फिफा विश्वकप फुटबल आयोजक कतारले विश्वकप अवधिभर रंगशाला वरपर मदिरा बिक्रीमा प्रतिबन्ध लगाएको छ ।

फिफाले शुक्रबार आयोजकले रंगशाला वरपर मदिरा बिक्रीमा प्रतिबन्ध लगाएको जनाएको छ । फिफा र आयोजकबीच प्रतियोगिताको दौरान रंगशाला वरिपरी बियर बेच्ने कि नबेच्ने विषयमा वार्ता भएको थियो ।

तर, अब इजाजत पत्र प्राप्त स्थानमा मात्र मदिरा बिक्री गर्न पाईने छ । फिफा विश्वकप आइतबार सुरु हुनेछ । यस पटकको विश्वकपका खेलहरु ८ रंगशालामा आयोजना हुँदैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*