थाहा नगरको वडा ८ मा लोकतान्त्रिक बाम गठबन्धनको चुनाबी सभा, खतिवडा र मोक्तानको सम्बोधन
कार्तिक, हेटौड (थाहा नगर) – मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ८ मा लोकतान्त्रिक बाम गठबन्धनको चुनावी सभा सम्पन्न भएको छ ।
मंगलबार भएको सभामा नेकपा एकीकृत समाजवादीको स्थायी कमिटि सदस्य एवम् मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार बिरोध खतिवडा र नेकपा (माओबादी केन्द्र)की पोलिटब्युरो सदस्य तथा प्रदेश सभा तर्फको २ (क) का उम्मेदवार कुमारी मोक्तानले सम्बोधन गर्नु भएको छ ।
प्रमुख अतिथि रहनुभएका प्रतिनिधि सभा सदस्य उम्मेदवार बिरोध खतिवडाले चुनाबी सभालाई सम्बोधन गर्नु हुँदै, यस क्षेत्रको बिकासका लागि गठबन्धन सरकार बनेपछि धेरै बजेट ल्याउन सकिएको बताउनुभयो । उहाँले संबिधानको र लोकतन्त्रको रक्षाको लागि गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गर्नुभयो । खतिवडाले समानुपातिक, समाबेशीता, धर्म निरपेक्षता, संघीयता र गणतन्त्रलाई संस्थागत गरेको संबिधानको रक्षा गर्न गठबन्धनको आवश्यक्ता भएको बताउनुभयो ।
त्यस्तै प्रदेश सभा २ (क) तर्फको उम्मेदवार कुमारी मोक्तानले प्रदेश सरकारबाट यस क्षेत्रमा धेरै बिकासका योजनाहरु ल्याएको बताउनु भयो । मोक्तानले आफ्नो प्राथमिकतामा यस क्षेत्रको सडक, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतको बिकास गर्नु रहेको बताउनुभयो । सो बिकासको लागि आफु प्रतिबद्ध भएको समेत उहाँले बताउनुभयो । मोक्तानले स्थायी र प्रभावकारी बिकास गर्नको लागि आफु लगायत गठबन्धनका उम्मेदवारलाई मतदान गरी बिजयी गराउन अनुरोध गर्नुभयो ।
बाम लोकतान्त्रिक गठबन्धन निर्वाचन परिचालन कमिटि थाहा ८ का संयोजक रामकुमार घलानको अध्यक्षतामा भएको सभाको माओवादी केन्द्र थाहा नगर कमिटि उपाध्यक्ष सुमन कार्कीले सभा सञ्चालन गर्नुभएको थियो ।
नेकपा (एकीकृत समाजवादी) का थाहा नगर सचिव हरिबहादुर स्याङ्तानले स्वागत गर्नुभएको कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य जयराम लामिछाने, माईकल रामचन्द्र अर्याल, क्षेत्रिय सभापति खड्ग गोपाली, थाहा नगर सभापति प्रमोद कृष्ण जोशी, नेकपा माओबादी केन्द्रका बागमती प्रदेश सचिवालय सदस्य बिष्णु बिष्ट, प्रदेश कमिटि सदस्य तथा मकवानपुर निर्वाचन क्षेत्र नं. २ का निर्वाचन परिचालन संयोजक लवशेर बिष्ट, प्रदेश कमिटि सदस्य ईन्द्र बहादुर श्रेष्ठ, जिल्ला समन्वय समिति सदस्य अरुण रायमाझी, थाहा नगर कमिटि सचिव लक्ष्मण बिष्ट, नेकपा (एकीकृत समाजवादी)का बागमति प्रदेश सदस्य गौतम बुद्ध लामा, थाहा नगर अध्यक्ष सानोकाजी गोपाली, राष्ट्रिय जनमोर्चाका समानुपातिक उम्मेदवार शुभराज गोले लगायतको आतिथ्यता रहेको थियो ।