महालक्ष्मी उपाध्याय ‘डिना’ मन्त्री बन्दा मकवानपुरले के पायो ?

तामसालिङ खबर
२९ कार्तिक २०७९, मंगलवार ०५:३३

कार्तिक, हेटौडा – नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले २०६४ मा तत्कालिन गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा जलस्रोत राज्यमन्त्री हुने अवसर पाएकी थिइन् । त्यस समय देशमा आएको राजनीतिक परिवर्तन पछि निर्वाचन गराउने पर्ने मुख्य जिम्मेवारीसहित उनी मन्त्री बनेकी थिइन् । सो क्याविनेटको मुख्य भूमिका नै निर्वाचन सम्पन्न गर्ने थियो ।

करिब ७ महिना अवधि मात्र मन्त्री पद सम्हाने अवसर पाएकी उनले मन्त्री पद सम्हाल्दा मुलुक लोडसेडिङको मारमा रुमलिएको थियो । चर्को लोडसेडिङका कारण अनताहरु आक्रान्त थिए । औद्योगिक वातारवरण अस्तव्यस्त थियो । जसले गर्दा मुलुकको अर्थतन्त्रमा नै निकै ठुलो असर देखा पर्न थालेको थियो ।

अर्थशास्त्रमा स्नातकोत्तर तहसम्म अध्ययन गरेकी उनले चर्को लोडसेडिङको मारबाट मुलुकलाई निकाल्न पहल गरेकी थिइन् । उनले सुरु गरेको उक्त पहलबाट आज देशमा लोडसेडिङ हटाउन सफल भएको छ । उनी मन्त्री हुँदाको बखत नै जलस्रोतमा धेरै विषय अवसर र सम्भावनाका बरेमा खाज अनुसन्धानहरु गरि नीतिगत रुपमा नै योजना बनाइन् र कार्यान्वयनको चरणमा पु¥याइन ।

आफू मन्त्री हुँदा हाइड्रोपावर क्षेत्रको विकासमा जे जति काम थालियो, अहिले देखिएको प्रगति त्यसैको उपजहरु भएको उनी बताउँछिन् । त्यतिबेला सुरु भएका योजना अहिले प्राप्त भइरहेको उनले बताइन् । विद्यार्थीकाल देखि नै राजनीतिमा सक्रिय महालक्ष्मी उपाध्यायको राजनीति मार्फत समाज सेवामा लाग्ने उनी मन्त्री हुँदा राष्ट्रिय मात्र नभई मकवानपुरको स्थानीय समस्याहरुमा पनि थुप्रै कामहरु भएका थिए ।

उनी मन्त्री हुँदा खहरे खोला तथा राप्ती खोला नियन्त्रणको लागि खेलेको भूमिका निकै महत्वपूर्ण रहेको छ । मुलुक नै लोडसेडिङको चपेटामा रहेको अवस्थामा मकवानपुरको हेटौंडा औद्योगिक क्षेत्र पनि त्यसको मार खेप्न बाध्य थियो । त्यस समयमा सो औद्योगिक क्षेत्रका उद्योगहरु संचालन गरिरहन पाउने वातावरण निर्माणका लागि छुट्टै फिडर निर्माण गर्ने काम गरेकी थिइन् ।

मकवानपुरको मनहरी, राक्सिराङ हाडिखोला लगायतका क्षेत्रमा बिजुली बत्तिको पहुँच नहुँदा आम नागरिकहरु समस्या भोग्दै आइरहेका थिए । उनी मनत्री भएको समयमा नै सो क्षेत्रमा विद्युतिकरणको काम भएको थियो । उनी मनत्री हुँदा नै ग्रामिण भेगमा विद्युत महशुल शुल्क काउण्डर स्थापना गर्ने कामको थालनी गरेकी थिइन् ।

मकवानपुरको भीमफेदीमा रहेको विद्युत महशुल काउण्टर उनले नै स्थापना गराएक्ी थिइन् । जसले गर्दा सो क्षेत्रका नागरिकहरु घण्टौं लगाएर हेटौंडा बजार आइ लाइन लागेर बिजुली बत्तिको महशुल तिर्नुपर्ने बाध्यता हटेको थियो । उनी मन्त्री भएकै कारण अन्य मन्त्रालयबाट मकवानपरमा विभिन्न क्षेत्रको बजेट ल्याउनसमेत पहल गरेकी थिइन् ।

मन्त्रि हुँदाको समयमा नै उनको पहलबाट स्वास्थ्य क्षेत्रमा केही कामहरु भएका थिए । महिलाको स्वास्थ्य तथा सुत्करीहरुलाई खर्च दिने व्यवस्था गर्न पहल गरेकी थिइन् । सो सम्बन्धी कानुन नै निर्माण गरी सोही वर्षबाट सुरु भएको थियो । आफूले मन्त्री हुँदा मकवानपुरको थुप्रै स्थानमा तटबन्धनका माग गरेको र अहिले मत माग्न घरघर जाँदै गर्दा त्यहाँका नागरिकहरु त्यसबारे स्मरण गराउँदै तपाईको कारण यस्तो काम भएको भनेर खुशि साट्न आउने गरेको उनको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*