भारतमा प्रदीपलाई डेब्यु अभिनेताको अवार्ड

तामसालिङ खबर
२९ कार्तिक २०७९, मंगलवार ०५:१६

कार्तिक, काठमाडौं – अभिनेता प्रदीप खड्काले भारतमा डेब्यु अभिनेताको अवार्ड जितेका छन् । भारतको आग्रामा भएको ग्लोबल ताज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा प्रदीपले उक्त अवार्ड हात पारेका हुन् ।

‘प्रेम गीत–३’ को हिन्दी संस्करणतर्फको फिचर फिल्मबाट उनले डेब्यु अभिनेताको अवार्ड जितेका हुन् । प्रदीप स्वयंले पनि आफ्नो फेसबुकमा अवार्ड लिएको तस्बिर पोष्ट गरेका छन् ।

‘प्रेम गीत–३’ असोज ७ गते भारत र नेपालमा एकसाथ रिलिज भएको थियो । भारतमा हिन्दीमा डविङ गरेर रिलिज हुने ‘प्रेम गीत–३’ पहिलो नेपाली चलचित्र हो । ‘प्रेम गीत–३’मा मुख्य भूमिकामा प्रदीप खड्का छन् । ‘प्रेम गीत–३’लाई सन्तोष सेन र छेतेन गुरुङले निर्देशन गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*