एमाले जिल्ला सदस्य शुभराज थिङको नेतृत्वमा ३६ जना कांग्रेसमा प्रवेश

तामसालिङ खबर
२७ कार्तिक २०७९, आईतवार १७:५२

कार्तिक, हेटौंडा (मनहरी) – नेकपा एमालेको गतिविधिप्रति रुष्ट भई पार्टी परित्याग गरी बस्नु भएको मनहरी गाउँपालिका ५ नम्बर वडाका निर्वाचित पूर्व वडाध्यक्ष शुभराज थिङ सहित ३६ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

एमाले मकवानपुर जिल्ला सदस्य एबम मनहरी गाउँपालिका सह-ईन्चार्ज समेत रहेका थिङ सहित एमाले मनहरी ५ नम्बर वडा कमिटी अध्यक्ष सोमनाथ रुम्बा समेत थिङको नेतृत्वमा आइतबार ३६ जनाले नेपाली कांग्रेसको सदस्यता लिएका छन् ।

नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् मकवानपुर क्षेत्र नम्बर २ (ख) का प्रदेशसभा सदस्य उम्मेदवार ईन्द्रबहादुर बानियाँले नवप्रवेशीलाई पार्टीमा स्वागत गरेका हुन् । एमालेबाट कांग्रेसमा प्रवेश गरेका शुभराज थिङलाई आइतबार नै नेपाली कांग्रेस जिल्ला सदस्यमा मनोनित समेत गरिएको छ ।

कार्यक्रममा सहभागी पार्टी मकवानपुर सभापति बुद्ध लामाले थिङलाई पार्टीको जिल्ला सदस्यमा मनोनयन गरिएको जानकारी गराए ।लोकतान्त्रिक बाम गठबन्धनको आइतबार मनहरी ५ को बसन्तपुर र डिल्लीपुरमा आयोजित कोणसभाका बीच एमाले नेता कार्यकर्ता कांग्रेस प्रवेश गरेका थिए ।

नेकपा माओवादी ५ नम्बर वडाका वडा अध्यक्ष तथा चुनाव प्रचारप्रसार समितिको संयोजक गोविन्दप्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य राजाराम स्याङतान, नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, नवप्रवेशी मनोनित जिल्ला सदस्य शुभराज थिङ, नेकपा माओवादी केन्द्र मनहरी अध्यक्ष रामप्रसाद कालाखेती, कांग्रेस मनहरी ५ का सभापति विष्णुप्रसाद उप्रेती लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*