पल शाहलाई सफाईको माग गर्दै पूनरावेदन
कार्तिक, काठमाडौं – बाल यौन दुरुपयोगको आरोपमा जिल्ला अदालत नवलपुरले दोषी ठहर गरेका नायक पल शाहलाई सफाइको माग गर्दै उच्च अदालत पोखरामा निवेदन परेको छ।
नाबालिग बालत्कारको अभियोगमा सफाइ दिएपनि अदालतले बाल यौन दुरुपयोगमा दोषी ठहर गर्दै साढे २ वर्ष कैद र १० लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति भराउने फैसला गरेको थियो। तर शाहका कानुन व्यवसायीले शुक्रबार जिल्ला अदालतको फैसला उल्ट्याई सफाइ दिन माग गर्दै उच्च अदालतमा पुनरावेदन गरेका हुन ।
पल शाहलाई जबरजस्ती करणीको कसुरमा अभियोग लगाइएको थियो । अदालतले जबरजस्ती करणी गरेको ठहर नभएको भन्दै उक्त अभियोगमा सफाइ दिएको थियो । तर बालबालिकालाई यौन आसयले क्रियाकलाप गरेको भन्दै बाल यौन दुपयोगमा सजाय गरेको थियो ।
शाहविरुद्ध बलात्कारकै आरोपमा जिल्ला अदालत तनहुँमा पनि मुद्दा दर्ता छ । जिल्ला अदालतमा मंसिर २५ गतेलाई पेशी तोकिएको छ ।