मनकारी आनन्दरामः किड्नी फेल वाईवालाई घर, कोभिडका विरामीलाई अक्सिजन सहयोग

तामसालिङ खबर
२४ कार्तिक २०७९, बिहीबार १७:१५

कार्तिक, हेटौंडा – आर्थिक समस्या होस या दैनिक गुजार गर्न नसकेर छट्पटाई रहेका नागरिक हुन वा एक्लो भएर जिवन गुजार गरिरहेका हुन वा शारीरिक अशक्त हुन, जो कोहीको समस्यामा मलम लगाउन पुग्छन आनन्दराम पराजुली ।

नेपाली कांग्रेसका युवा नेता समेत रहेका पराजुली सहयोग गर्न कुनै पनि हिचकिचाहट गर्दैनन् । सकेको सहयोग गर्छन भने समस्या बुझ्न आफै घरमा पुग्छन् । राजनीतिमा सक्रिय नहुदा देखिनै उनले असाहयहरुलाई सहयोग गर्दै आएको उनका छरछिमेकी र टोलवासी स्वयं बताउछन् । घुमै फिर्दै कतै पुगे हाले पराजुली समस्यामा परेकालाई देख्ने वित्तीकै सकेको सहयोग गर्छन ।

हेटौंडा–१८ गुम्बाडाडाँ निवासी आइते सिंह वाइवा किड्नी बिरामी हुन । उनी हप्तै पिच्छे अस्पताल धाउछन् । उनको उपचारमा निकै पैसा खर्च भइसकेको उनी आफै बताउन् । उनलाई एकातर्फ उपचारका क्रममा घरखेत सक्किएको चिन्ता र परिवार प्रतिको जिम्मेवारीले सधै सताउँथ्यो । उपचार गर्ने क्रममा उनको घरखेत पनि सक्किएर सहयोगको अपेक्षा गरेको पराजुलीले वाइवाको बारेमा सहयोगी मार्फत थाहा पाए ।

बस्ने घर पनि नभएका उनलाई मकवानपुर क्षेत्र नम्बर–१ (ख) का प्रदेशसभा उम्मेदवार समेत रहेका आनन्दराम पराजुलीले अघिल्लो बर्ष उनको घरमै पुगेर घर बनाइदिने प्रतिवद्धा जनाएका थिए । प्रतिवद्धाता अनुसार पराजुलीको सहयोगमा वाइवाको घर निर्माण सम्पन्न भइसकेको छ । वाइवाले पराजुलीले नै घरको उदघाटन गर्नुपर्ने अडान लिएपछि उनी नयाँ घरमा समेत सरेका छैनन् ।

वाइवाले त्यो घर निर्माण गर्न पराजुलीले व्यक्तिगत रुपमा करिब २ लाख ५० हजारमा सहयोग गरेको बताए । घर नभएका वाइवाका परिवार पराजुलीको सहयोगमा घर पाएपछी अहिले निकै खुशी छन् ।

यस्तै हेटौंडा–१५ का राते कामी कोरोनाको समयमा गम्भीर विरामी परे । उनको शरीरमा अक्सिजनको मात्रा कम भएकोले सबैले अस्पताल जान अनुरोध गरे तर आर्थिक अवस्था कमजोर भएका उनी घरमै बसे । दिनप्रति दिन उनको स्वास्थ्य अवस्था नाजुक बन्दै गयो । आनन्दराम पराजुलीले उनलाई अक्सिजन सहयोग गरे र परिवारले आश गुमाइसकेका कामी ठिक भए । उनी पराजुलीको सहयोगमा नयाँ जीवन पाएको आफै सुनाउछन् । आनन्द बाबु साच्चिकै सहयोगी रहेछन्, कोरोनाको समयमा अक्सिजन सहयोग गरेर मलाई जिवन दान दिए’– कामीले भने ।

’नागरिकको दुख मेरो दुःख हो । यस्तो समस्या जो कोहीलाई पर्न सक्छ त्यसैले सहयोग गर्नुपर्छ भन्ने लाग्छ’–पराजुलीले भने । पराजुलीले मतदाताबाट आसन्न निर्वाचनमा आफूलाई अमुल्य मत पाउने कुरामा विश्वस्त रहेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*