वाईसियल थाहानगरको बिस्तारित बैठक, मतदाता शिक्षा अभियान चलाउन निर्देशन

तामसालिङ खबर
२३ कार्तिक २०७९, बुधबार १९:०१

कार्तिक, हेटौडा (थाहा नगर) – नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसियल) नेपाल थाहा नगर कमिटिको बिस्तारित बैठक थाहा नगरको विकास घरमा सम्पन्न भएको छ ।

वाईसियल नेपाल थाहा नगर अध्यक्ष मानसिं दोङको अध्यक्षतामा भएको बैठकमा नेकपा माओवादी केन्द्र थाहा नगर अध्यक्ष बिनोदकुमार लामाले आफु रहेको वडामा मत बदर नहुनेगरी मतदाता शिक्षा अभियान चलाउन वाईसियल पदाधिकारीहरुलाई निर्देशन दिनुभयो ।

लामाले वान बुथ ३५ युथ सक्रिय भई निर्वाचनलाई शान्तिपूर्ण ढंगले भय रहित, सभ्य र सफल पार्न आफ्नो ठाउँबाट योगदान दिन आग्रह गर्नुभयो । उहाँले आफ्नो वडाको मत सुरक्षित गरी गठबन्धनका उम्मेद्वारलाई जिताउन प्रचारप्रसार कार्यलाई तिब्रता दिन समेत निर्देशन दिनुभयो ।

वाईसियल नेपाल थाहा नगर सचिब युबराज बिष्टले सन्चालन गर्नु भएको बैठकमा माओवादी केन्द्र बागमती प्रदेश कमिटि सदस्य ज्योती रायमाझी, वाईसियल नेपाल केन्द्रीय सदस्य नबराज थिङ, प्रदेश कमिटि सदस्य श्याम गोल, निर्वाचन क्षेत्र नं. २ ईञ्चार्ज सानेबाबु मोक्तान, थाहा नगर ईञ्चार्ज हिरेन्द्रकुमार रायमाझी लगायतको आतिथ्यता रहेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*