बकैयामा गठबन्धनको घरदैलो, विकासमा सदैब जनतासंगै रहने डिना र छिन्तुको प्रतिबद्धता

तामसालिङ खबर
२३ कार्तिक २०७९, बुधबार १८:५६

कार्तिक, हेटौडा (बकैया) – नेकपा माओवादी केन्द्र बागमती प्रदेश उपाध्यक्ष एवं मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ को प्रदेशसभा (क) का उम्मेद्वार प्रेम बहादुर पुलामी (छिन्तु) ले बकैया गाउँपालिका वडा नम्बर ४ का विभिन्न स्थानमा घरदैलो गर्नुभएको छ । उम्मेदवार पुलामीले ४ नम्बर वडाको सोभी, सानोथली र ठुलोथली लगायत स्थानमा घरदैलो गर्नुभएको हो ।

घरदैलोका क्रममा मतदाताहरुले यस क्षेत्रका समस्या, गुनासो र पूर्वाधार विकासका विषयमा प्रश्न गरेका थिए । लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार (छिन्तु)ले यसअघि पनि यस क्षेत्रको विकासमा आफुले सक्दो सहयोग गरेको र अब पुन: बिजयी भए थप कार्यक्रमरु ल्याएर समस्या समाधान गर्ने मतदातासमक्ष प्रतिबद्धता व्यक्त गर्नुभएको   छ ।

उहाँले बकैयाको हात्तिसुँढे, सोभी कालिदमार हुँदै काठमाण्डौ जोड्ने बाटोलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने, ग्राबेलिङ गर्ने, कृषि सडकको निमार्ण, कृषि उपजको बजारीकरणमा सहयोग पुर्‍याउने, कृषि उत्पादनलाई जोड दिन नीति निमार्ण गर्ने बताउनुभएको छ।

त्यस्तै जनतालाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा पुर्‍याउने बताउँदै (छिन्तु)ले सबै वडाहरुमा घुम्ती क्लिनिक सञ्चालन गर्न आवश्यक सहयोग गर्ने बताउनुभयो । पूर्ण क्षमतामा शिक्षक नरहेका विद्यालयहरु मर्ज गरी त्यसलाई व्यवस्थित र गुणस्तरमा वृद्धि गरिने पनि उम्मेदवार पुलामीले प्रतिबद्धता जनाउनुभयो । उहाँले आफु बिजयी भए यस क्षेत्रले समृद्धि हासिल गर्ने बताउनुभयो ।

घरदैलोका क्रममा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डिना’ पनि सहभागी रहनुभएको थियो । घरदैलोका क्रममा उम्मेदवार डिनाले आफुले यस क्षेत्रको विकासका लागि हर तरहबाट पहल गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले केन्द्रको बजेट ल्याएर यस क्षेत्रको विकासमा लगानी गरिने उहाँको भनाई छ । उम्मेदवार ‘डिना’ ले आफु सके एक महिनामा नत्र २/३ महिनाको बीचको अन्तरालमा जनतासंग साक्षात्कार गर्न र जनताको गुनासो , समस्या सुन्न आइरहने पनि बताउनु भयो ।

यसैगरी लोकतान्त्रिक बाम गठबन्धनले वडा नम्बर ४ कै सानोथली र ठुलोथलीमा घरदैलो गरेका छन् । प्रतिनिधिसभा क्षेत्र नम्बर १ की उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डिना’ र प्रदेशसभा क उम्मेदवार प्रेम बहादुर पुलामी ‘छिन्तु’ लाई मतदाताहरुले शिक्षा, स्वास्थ्य, यातायात, रोजगारी लगायतका आधारभूत विषयमा विकास आवश्यक रहेको गुनासो सुनाएका थिए । गुनासोको सम्बोधन गर्दै दुबै उम्मेदवारले गठबन्धनको जित भएमात्र जनताको आधारभूत समस्या समाधान हुने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*