राजा र ओली पछार्ने मान्छेलाई खत्राकखुत्रुक कुराले फरक पर्दैन – बिरोध खतिवडा

तामसालिङ खबर
२२ कार्तिक २०७९, मंगलवार २०:३१

कार्तिक, हेटौडा (मनहरी) – नेकपा एकीकृत समाजवादी पार्टीको स्थायी कमिटि सदस्य एबम मकवानपुर क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यका उम्मेदवार बिरोध खतिवडाले गठबन्धनका उम्मेदवारले निर्वाचन जित्ने निश्चित देखेपछि अत्ताल्लिएका एमालेजनले चुनावी सभामा जाँड खुवाएर मान्छे पठाएको आरोप लगाएका छन् ।

मनहरी गाउँपालिका वडा नम्बर ३ र ४ मा आयोजित संयुक्त चुनावी सभामा सम्बोधन गर्दै खतिवडाले एमालेहरुले आफ्नो मुख देखाउन नसकेर जाँड खुवाएर मान्छे पठाएको दाबी गरे ।

‘हिम्मत भए आमनेसामने आऊ, राजाका बिरुद्ध, केपी ओली बिरुद्ध लड्ने ज्यान यहि हो’, उनले भने ‘राजा पछार्ने, केपी पछार्ने मान्छेलाई यस्ता सानातिना खत्राकखुत्रुक कुराहरुले फरक पर्दैन ।’ खटाइएका र जाँड खाएर सभा बिथोल्न आएका मान्छे आफै पछारिएको भन्दै उनले यस्ता कुराले केही फरक नपर्ने बताए । केपीको ज्यादती र उदण्डताका बिरुद्ध सधै लड्न तयार रहेको उनले बताए ।

मंगलबार खतिवडामाथि हातपात भएको भन्दै समाचार प्रकाशित भएको थियो । मनहरीका गठबन्धन दलले भने खतिवडामाथि हातपात भएको समाचारमा कुनै सत्यता नभएको जनाएका छन । मदिरा सेवन गरि आएका ब्यक्ति खतिवडाको नजिकै पुग्दा आफै लडेको बताउँदै उनको उद्धार गरि प्रहरीको जिम्मा लगाइएको दलहरुको दाबी  छ ।

नेपाली कांग्रेस मनहरी ४ का सभापति आइतराम तितुङको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतको प्रमुख आतिथ्यतामा भएको छ। त्यस्तै, नेकपा एकीकृत समाजवादीका पोलिट्ब्यूरो सदस्य एवम् मकवानपुर क्षेत्र नम्बर २ का उम्मेदवार विरोध खतिवडा, नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँ, माओवादी केन्द्रका केन्द्रीय सदस्य मानकुमारी नेपाली, कांग्रेस जिल्ला सभापति बुद्ध लामा, माओवादी बागमती प्रदेश कमिटी सदस्य ओमबहादुर ग्लान, कांग्रेस महासमिति सदस्य उमा दाहाल, मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौला, माओवादी केन्द्रका मनहरी सचिब सञ्जिव पाठक लगायतले मन्तव्य व्यक्त गरेका   थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*