बिरोध खतिवडा माथि हातपात भयो भन्ने समाचार भ्रमपूर्ण छ – गठबन्धन (बिज्ञप्ति)

तामसालिङ खबर
२२ कार्तिक २०७९, मंगलवार २१:००

कार्तिक, हेटौडा (मनहरी) – नेकपा एकिकृत समाजवादीका नेता एवं मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार विरोध खतिवडामाथि हातपात भएको भन्ने समाचार भ्रामक रहेको बताइएको छ । लोकतान्त्रिक बाम गठबन्धन मनहरीले जारी गरेको संयुक्त विज्ञप्तीमा समाचारमा आएजस्तो उम्मेदवार खतिवडामाथि हातपात नभएको जनाएको हो ।

गठबन्धनले मंगलबार मनहरी गाउँपालिकाको ३ र ४ नम्बर वडाको संयुक्त चुनाबी सभा वडा नम्बर ४ स्थित मसिने गोलघरमा आयोजना गरिएको थियो । चुनाबी सभालाई सम्बोधन गर्न उम्मेदवार खतिवडा पुगे लगत्तै हेटौंडा घर भएका अन्दाजी ५५ बर्षिय पुरुषोत्तम खड्का नाम गरेका व्यक्तिले अत्याधिक मदिरा सेवन गरेर आफै लडेको र ती पुरुषलाई उद्धार गरी प्रहरीकोमा जिम्मा लगाइएको गठबन्धनले जारी गरेको संयुक्त विज्ञप्तीमा उल्लेख छ । सोही विषयलाई लिएर केहि सञ्चारमाध्यममा गलत समाचार संप्रेषण भएको प्रति गठबन्धनले आपत्ती समेत जनाएको छ ।

साथै निज पुरुषोत्तम खड्का नेकपा माओवादी केन्द्रमा आवद्धता नरहेको पनि गठबन्धनको संयुक्त विज्ञप्तीमा उल्लेख गरिएको छ । विज्ञप्तीमा नेपाली काँग्रेस मनहरी सभापति प्रकाश बर्तौला, नेकपा माओवादी केन्द्रका सचिव सञ्जिव पाठक र नेकपा एकिकृत समाजवादी मनहरी अध्यक्ष नारायण श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार खतिवडाले मादक पदार्थ सेवन गराएर विपक्षीले पठाएको अभिव्यक्ति दिनुभएको छ । गठवन्धनको उम्मेदवार जित्ने निश्चित भएपछि आत्तिएर आफ्नो मुख देखाउन नसकेपछि, जाँड ख्वाएर मान्छे पठाएछन्’ । उहाले भन्नु भयो।

 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*