थाहा नगरको १२ वटै वडामा माओवादी केन्द्रको वडा भेला सम्पन्न

तामसालिङ खबर
४ कार्तिक २०७९, शुक्रबार २१:१९

कार्तिक, हेटौडा (थाहा नगर) – आसन्न मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन लक्षित नेकपा माओवादी केन्द्र थाहा नगरकमिटीले नगरको १२ वटै वडामा बैठक तथा भेला सम्पन्न गरेको छ।

नगरको १२ वटै वडाका कमिटीको ४ गते बैठक सम्पन्न भएको नगर अध्यक्ष बिनोद कुमार लामाले जानकारी दिनुभयो । बैठकमा आसन्न निर्वाचनमा वाम लोकतान्त्रिक गठबन्धनका साझा उमेदवारहरुलाई बिजयी बनाउन निर्वाचित लक्षित विभिन्न एजेन्डामा छलफल गरि गठबन्धन उमेदवारलाई बिजयी बनाउन परिचालित हुने निर्णय गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*