सत्तारुढ गठबन्धनको भोलि मनहरीमा संयुक्त कार्यकर्ता भेला

तामसालिङ खबर
४ कार्तिक २०७९, शुक्रबार १७:५०

कार्तिक, हेटौडा (मनहरी) – प्रतिनिधि तथा प्रदेश सभाको यहि मंसिर ४ गते हुने निर्वाचनलाई गरी भोलि शनिबार मनहरीमा सत्तारुढ गठबन्धनको संयुक्त कार्यकर्ता भेलाको आयोजना गरिएको छ । संयुक्त कार्यकर्ता भेला मनहरी ९ स्थित रजैयामा हुने भएको हो।

भेलालाई सम्बोधन गर्न नेकपा एकीकृत समाजवादीका नेता एबम मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उम्मेदवार विरोध खतिवडा, प्रदेश सभा क्षेत्र २ (क) का उम्मेदवार तथा नेकपा माओवादी केन्द्रका पोलिटिब्युरो सदस्य कुमारी मोक्तान, क्षेत्र नं.२ (ख) का उम्मेदवार तथा नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बहादुर बानियाँ लगायतका नेताहरुले भेलालाई सम्बोधन कार्यक्रम रहेको नेपाली कांग्रेस मनहरी अध्यक्ष प्रकाश बर्तौलाले बताउनु भयो ।

भेलाबाट निर्वाचन परिचालन कमिटी, प्रचारप्रसार समिति तथा अनुगमन समिति लगायतका संयन्त्रहरु निर्माण हुने बताइएको छ । यस अघि गठबन्धको सयुक्त भेला राक्सिराङ र कैलाश गाउँपालिकामा सकिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*