नेकपा माओवादी केन्द्र मनहरीको संसदीय दलको नेतामा सीता पुलामी मगर चयन, प्रमुख सचेतकमा अधिकारी

तामसालिङ खबर
३ कार्तिक २०७९, बिहीबार १७:५०

कार्तिक, हेटौंडा (मनहरी) – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मनहरी गाउँकमिटीको बैठक आज बिहिबार भएको छ ।

रजैया स्थित पार्टी कार्यालयमा भएको पदाधिकारीको बैठकले निर्वाचित जनप्रतिनिधिबाट संसदीय दलको नेता, उपनेता, सचेतक लगायत सदस्यहरु चयन गर्नु भएको छ। संसदीय दलको नेतामा पार्टीको प्रदेश कमिटि सदस्य तथा गाउपालिका उपाध्यक्ष सीता पुलामी मगर (रेखा) चयन हुनु भएको छ ।

दलको उपनेतामा मनहरी गाउँपालिका इन्चार्ज एबम मनहरी २ का वडा अध्यक्ष राजकुमार पाख्रीन, प्रमुख सचेतकमा वाइसियल प्रदेश कमिटी सदस्य समेत रहनु भएका ५ नम्बर वडा अध्यक्ष दीपेन्द्र अधिकारी चयन हुनु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*