लोकतान्त्रिक बाम गठबन्धनले मकवानपुर क्षेत्र नम्बर २ मा विभिन्न कमिटी निर्माण

तामसालिङ खबर
३ कार्तिक २०७९, बिहीबार १५:००

कार्तिक, हेटौँडा – लोकतान्त्रिक वाम गठबन्धनले मकवानपुरको निर्वाचन क्षेत्र नम्बर २ मा निर्वाचन लक्षित विभिन्न कमिटीहरु निर्माण गरेको छ । निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चा सहभागी छन् ।

बुधबार हेटौँडामा भएको भेलाले नेपाली कांग्रेस निर्वाचन क्षेत्र नम्बर २ का सभापति लोक मुक्तानको संयोजकत्वमा भूमिनन्द अर्याल, वीरबहादुर घलान, गोविन्द चेपाङ, देवकी ढुंगाना र माणिकलाल मुक्तान रहेको परिचालन कमिटी गठन गरेको छ ।

यस्तै, समाजवादीका भूमिनन्द अर्याल, गोविन्दराम चेपाङ, विनायक गोले र उमेश गुणी रहेको संघीय आर्थिक समिति गठन गरिएको छ । लोक मुक्तानकै संयोजकत्वमा ज्योति रायमाझी, प्रकाश थोकर, सगुन स्याङ्तान, शिवहरि बर्तौला, बलराम घिमिरे रहेको निर्वाचन परिचालन कमिटी पनि गठन गरिएको छ ।

यस्तै गरि, प्रदेश सभा क मा वीरबहादुर घलान, प्रकाश मैनाली, आशा बल, अर्जुन गौतम रहेको अनुगमन समिति गठन गरिएको छ । प्रदेश ख मा राजकुमार मल्लको संयोजकत्वमा टंक मुक्तान, रुपेश बर्तौला, ध्रुव खड्का र शिवकुमार काशी सदस्य रहेको अनुगमन समिति गठन गरिएको छ ।

प्रदेश ख मा लवशेर विष्टको संयोजकत्वमा खड्ग गोपाली, अप्सरा लोप्चन, ईन्द्र श्रेष्ठ, किरणमान बल, यतिराज सापकोटा, जमानसिंह वाइबा रहेको परिचालन कमिटी गठन गरिएको छ ।

प्रदेश ख मा रञ्जन कालाखेतीको संयोजकत्वमा रुपेश बर्तौला, कमल अर्याल, सञ्जीव पाठक, सन्तबहादुर चेपाङ, नुरोज पौडेल, उदाशकुमार भोलन, टंक मुक्तान, कालु ढकाल रहेको परिचालन कमिटी गठन गरिएको छ ।

यस्तै प्रदेश ख मा अनुराग बनस्तमको संयोजकतवमा कमल अर्याल, समीर लामा, भरत स्याङ्बो, सूर्य रोक्का, योगेन्द्र अर्याल रहेको आर्थिक समिति गठन गरिएको छ ।

मकवानपुरको निर्वाचन क्षेत्र नम्बर २ मा लोकतान्त्रिक वाम गठबन्धनबाट संघमा नेकपा एकीकृत समाजवादीका विरोध खतिवडा र प्रदेश क मा माओवादीका कुमारी मोक्तान र प्रदेश ख मा कांग्रेसका ईन्द्रबहादुर बानियाँ उम्मेदवार रहेका छन् । बुधबार हेटौँडा गठबन्धनले वृहत कार्यकर्ता भेला पनि गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*