ओलीको अवसानपछि कमल थापा एमालेको अध्यक्ष बन्न सक्छ – बिरोध खतिवडा

तामसालिङ खबर
२ कार्तिक २०७९, बुधबार ०७:१९

कार्तिक, हेटौडा – मकवानपुरको निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यका उम्मेदवार बिरोध खतिवडाले कुनै दिन कमल थापा नेकपा एमालेको अध्यक्ष बनेमा आश्चर्य नहुने बताएका छन । कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ‘ समय परिस्थिति यसरी नै गयो भने केपी ओलीको अवसान पछि कमल थापा पार्टीको अध्यक्ष बन्यो भने आश्चर्य नमान्न भने । ‘

खतिवडाले एक डेढ बर्ष अघि देखि नै विभिन्न कार्यक्रम तथा अन्तरवार्ताहरुमा ओली र राप्रपाले मिलेर चुनाव लड्ने उदघोष गर्दै आएका थिए । यदि त्यसो नभए आफ्नो एउटा कान काटिदिने भन्दै उनले ब्यंग्यसमेत गर्दै आएका थिए । तर उनले भनेजस्तै आसन्न निर्वाचनका लागि राप्रपा र राप्रपा नेपालसँग एमालेले तालमेल गरेको छ । खतिवडाले आफुले बोलेको कुरा फरक नपरेका बताउँदै एमालेको चरित्र दक्षिणपन्थी भाषामा गइसकेको बताए ।

एमालेले बनाएको लोकप्रिय चुनाव चिन्ह सुर्य नै कमल थापालाई सुम्पिएको खतिवडाले बताए । अहिले जनताको बहुदलीय जनवाद नै कमल थापाले बोकेर हिडेको भन्दै उनले कटाक्ष गरे ।

खतिवडा सत्ता गठबन्धनको तर्फबाट मकवानपुर २ को प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुन, उनीसँग एमालेका महेश बर्तौलाले प्रतिस्पर्धा गर्दैछन । मकवानपुर १ मा एमालेको चुनाव चिन्ह लिएर कमल थापा उठेका छन । उनीसँग नेपाली काँग्रेसकी महालक्ष्मी उपाध्यय डिनाले प्रतिस्पर्धा गर्दैछिन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*