निर्वाचन आचारसंहिता बिपरित मनहरीका दुई शिक्षक प्रचारप्रसारमा ब्यस्त

तामसालिङ खबर
२ कार्तिक २०७९, बुधबार ०८:५६

कार्तिक, हेटौडा (मनहरी) – मनहरीका दुई जना शिक्षक निर्वाचन आचारसंहिता विपरीत राजनैतिक दलको प्रचारप्रसारमा ब्यस्त रहेको पाईएको छ ।

श्री प्राथमिक बिद्यालय मनहरी ८ देउकोटका प्रावि शिक्षक ज्योति कार्की र राष्ट्रिय मावि मनहरी ६ सुनाचुरीका शिक्षक देवराज रुम्बा राजनीतिक दलको प्रचारप्रसारमा लागेको खुलेको हो ।

निर्वाचन आचारसंहितामा कुनै पनि शिक्षकले राजनितीक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न नहुने र सामाजिक सञ्जालमा कुनै सन्देश, सुचना, प्रचारप्रसार सामाग्री पोष्ट शेयर गर्न नहुने भनी उल्लेख गरीएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*