कांग्रेस मकवानपुरले बनायाे, निर्वाचन परिचालन समिति

तामसालिङ खबर
२ कार्तिक २०७९, बुधबार ०३:४६

कार्तिक, हेटाैंडा – आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनकाे लागि नेपाली कांग्रेस मकवानपुरले निर्वाचन परिचालन समिति गठन गरेकाे छ । कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाकाे संयाेजकत्वमा ७ सय १ सदस्यीय जिल्ला निर्वाचन परिचालन समिति गठन गरिएकाे हाे ।

जसकाे सदस्यहरुमा जिल्ला कार्यसमितिका पदाधिकारी, जिल्ला सदस्य र भातृ संगठनका प्रमुखहरु रहेका छन् । साेमबार भएकाे भेलाले पार्टी मकवानपुर पूर्व सभापति माइकल रामचन्द्र अर्यालकाे संयाेजकत्वमा ११ सदस्यीय अनुगमन समिति गठन गरिएकाे छ । त्यस्तै कांग्रेस मकवानपुरका सहसचिव निशान बजगाईंकाे संयाेजकत्वमा ७ सदस्यीय आर्थिक समिति गठन गरिएकाे छ ।

पार्टी प्रवक्ता अर्जुनप्रसाद चाैलागाईकाे संयाेजकत्वमा १ सय २५ सदस्यीय प्रचार प्रसार समितिसमेत गठन गरिएकाे छ । त्यसैगरी तरुण दल मकवानपुरका सचिव सचित थापाकाे संयाेजकत्वमा युवा परिचालन समिति पनि गठन गरिएकाे छ ।

पार्टी सभापति बुद्ध लामाकाे अध्यक्षतामा भएकाे भेलामा नेपाली कांग्रेस सहमहामन्त्री एवम् मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार महालक्ष्मी उपाध्याय डीना, पार्टी बागमती प्रदेश सभापति एवम् मकवानपुर क्षेत्र नम्बर २ (ख) का उम्मेद्वार ईन्द्रबहादुर बानियाँ, क्षेत्र नम्बर १ (ख) का उम्मेदवार आनन्दराम पराजुली लगायतकाकाे उपस्थिति रहेकाे थियाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*