बर्तमान ब्यबस्थाको बिरोधीलाई मतदान गर्न नहुने – महालक्ष्मी उपाध्याय (डिना)

तामसालिङ खबर
३० आश्विन २०७९, आईतवार १८:२३

असोज, हेटौडा (मकवानपुर गढी) – नेपाली कांग्रेसकी सह-महामन्त्री एबम् मकवानपुरको निर्वाचन क्षेत्र नम्बर १ की प्रतिनिधि सभा सदस्यको लागि गठबन्धनको साझा उम्मेदवार महालक्ष्मी उपाध्याय (डिना) ले बर्तमान ब्यबस्था बिरोधीलाई यही ब्यबस्था रक्षाको निम्ती मतदान गर्न नहुने बताउनुभएको छ ।

आइतबार मकवानपुर गढीको शिखरकटेरीमा ५ दलीय गठबन्धनको संयुक्त सम्पर्क कार्यालय उद्घाटन गर्दै बर्तमान अबस्था प्राप्तीको निम्ती भएको जनआन्दोलनमा दमन गर्नको लागि महत्वपुर्ण भुमिका खेलेको ब्यक्तीलाई मतदान गर्न नहुने नेता उपाध्यायले बताउनुभयो ।

समग्र बिकासको लागि आफ्नो उम्मेदवारी रहेको उहाँको तर्क छ । गठबन्धनका साझा उम्मेदवारहरु नै ५ दलको उम्मेदवार भएकोले ५ वटै दलको उम्मेदवार मकवानपुरमा रहेको उहाँको भनाई छ । चुनाब चिन्ह भन्दापनि दल र उम्मेदवार महत्वपुर्ण रहेकोले निर्बाधरुपमा साझा उम्मेदवारहरुलाई मतदान गर्न उहाँले आग्रह गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*