उमेर भन्दा काम गर्न सक्ने क्षमता बोक्ने एजेण्डामा मतदान गर्नुहोस् – बिरोध खतिवडा

तामसालिङ खबर
३० आश्विन २०७९, आईतवार १९:५६

असोज, हेटौडा (मकवानपुर गढी) – एकीकृत नेपाल कम्युनिष्ट पार्टी समाजबादीका नेता एबम् पुर्ब स्वास्थ्यमन्त्री एबम् मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यको लागि गठबन्धनका साझा उम्मेदवार बिरोध खतिवडाले उमेर भन्दा पनि काम गर्न सक्ने क्षमता बोक्ने एजेण्डामा मतदान गर्नुपर्ने बताउनुभएको छ ।

आइतबार गठबन्धन दलको मकवानपुर गढीमा संयुक्त सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । युवालाई मतदान भन्दै मत माग्नेले १ क्षेत्रमा युवा र अर्को क्षेत्रमा बुवा उम्मेदवार उठाएको उहाँको भनाई छ ।

ब्यबस्था परिबर्तको लागि भएको जनआन्दोलनका सहिद बासुदेबको शालिकमा गएर फोटो खिच्ने र बासुदेबलाई गोली हान्न लगाउने कमल थापालाई बोकेर मत माग्ने नेकपा एमाले जाली भएको उहाँको आरोप छ ।

जनआन्दोलन र शहिदहरुको न्यायको निम्ती पनि एमालेलाई मतदान गर्न नहुने तर्क उम्मेदवार खतिवडाको रहेको छ । उहाँले मकवानपुरको विकासको लागि आफुले महत्वपुर्ण भुमिका खेलेको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*