सत्ता गठबन्धनले मकवानपुरको प्रतिनिधि सभा २ (ख) को तीन पालिकामा कार्यकर्ता भेला गर्दै

तामसालिङ खबर
३० आश्विन २०७९, आईतवार १९:२६

असोज, हेटौडा (मनहरी) – आउँदो मंसीर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गरी सत्ता गठबन्धनले पश्चिम मकवानपुरको निर्वाचन क्षेत्र नम्बर २ (ख) को मनहरी, राक्सिराङ र कैलाश गाउँपालिकामा पहिलो चरणको संयुक्त चियापान कार्यक्रम तथा कार्यकर्ता भेला गर्ने भएको छ ।

भेलामा प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ का उम्मेदवार विरोध खतिवडा र प्रदेश सभा ख का उम्मेदवार इन्द्रबहादुर बानियाँको उपस्थितिमा कार्यक्रम तय भएको गठबन्धनले जनाएको छ । जस अनुसार कार्तिक ३ गते राक्सिराङ गाउँपालिकाको सरिखेत, ४ गते कैलाश गाउँपालिकाको कालिकाटार र कार्तिक ५ गते मनहरी गाउँपालिकाको रजैयामा संयुक्त भेला तथा चियापान आयोजना गर्न लागिएको नेपाली काँग्रेस प्रदेश सभा (ख)का सभापति रन्जन कालाखेतीले बताउनुभयो ।

तीनैवटा कार्यक्रममा प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उम्मेदवार एबम् नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडा, प्रदेश सभा २ (ख) का उम्मेदवार एबम् नेपाली काँग्रेसका नेता इन्द्रबहादुर बानियाँ तथा नेकपा माओवादी केन्द्रका एबम प्रदेश सभा २ (क) का उम्मेदवार कुमारी मोक्तान एबम् जिल्ला तथा केन्द्रका नेताहरुको उपस्थिति हुने गरी तयारी गरिएको गठबन्धनले जनाएको छ ।

तीनै पार्टीका स्थानीय पालिका तहको कमिटीले कार्यक्रमको व्यवस्थापन गरिरहेको छ । त्यसैगरी गठबन्धनले मनहरी बजारस्थित रिजवान प्लाजामा क्षेत्रीय सम्पर्क कार्यालय स्थापना गर्ने निर्णय गरेको नेपाली काँग्रेस मनहरीका सभापति प्रकाश बर्ताैलाले बताउनुभयो ।

‘अहिले तीनवटै पार्टीका कार्यकर्ता र शुभचिन्तकहरु एकापसमा भेटघाट, छलफल र एकापसमा अन्तरघुलन गर्नका लागि पहिलो चरणमा चियापान तथा कार्यकर्ता भेला गर्ने तयारी गरेका हौँ’, संविधानसभा सदस्य एबम् नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा जिल्ला सह इन्चार्ज राजाराम स्याङ्तानले भन्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*