मनहरीमा गठबन्धनको बैठक, प्रदेश सभाका उम्मेदवारी बानियाँको सक्रियता

तामसालिङ खबर
३० आश्विन २०७९, आईतवार १८:५५

असोज, हेटौडा (मनहरी) – आगामी मंसीर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनपछि प्रदेश तर्फ बागमती प्रदेशको मुख्यमन्त्री बन्ने लाइनमा रहनु भएका इन्द्रबहादुर बानियाँले चुनावी अभियान सुरु गर्नु भएको छ ।

नेपाली काँग्रेस बागमती प्रदेश समितिका सभापति समेत रहनु भएका बानिया उम्मेदवारी दर्तापछि केही दिन संघीय राजधानी काठमाडौँ नै रहनु भएको थियो । असोज ३० गते आइतबार मनहरी गाउँपालिकामा नेपाली काँग्रेस वडा इकाई समितिद्वारा आयोजित कार्यक्रम, घर भेटघाट र गठबन्धनको संयुक्त बैठकमा सहभागी हुनु भयो ।

गठबन्धनमा आबद्ध नेकपा एकीकृत समाजवादी र नेकपा माओवादीका केन्द्र, प्रदेश तथा संघीय र प्रादेशिक निर्वाचन क्षेत्र तहका नेताहरुसँग बानियाँ योजना निर्माण बैठकमा सहभागी हुनुहुन्थ्यो ।

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य राजाराम स्याङ्तान्, माओवादी केन्द्रको प्रदेश कमिटी सचिवालय सदस्य एबम् मकवानपुर प्रतिनिधि सभा २ नं क्षेत्रका इन्चार्ज बीरबहादुर घलान (ज्वाला), काँग्रेस प्रदेश सभा सभापति रन्जन कालाखेती, मनहरी गाउँ इकाई सभापति प्रकाश बर्ताैला, माओवादी मनहरी गाउँ कमिटी अध्यक्ष रामप्रसाद कालाखेती, नेकपा एकीकृत समाजवादी मनहरीका सचिव ओम आले मगर लगायत सहभागी बैठकले मनहरी गाउँपालिका स्तरीय संयुक्त कार्यकर्ता भेलाका लागि छलफल गर्नु भएको थियो ।

त्यसअघि मनहरी ९ ज्यामिरेमा वैदेशिक रोजगारीमा ज्यान गुमाएका परिवार र लडेर आगोमा परी अस्वस्थ अबस्थामा रहेका बिरामीको घरमा समेत नेता बानियाँ, संविधानसभा सदस्य स्याङ्तान, मनहरी गाउँपालिका अध्यक्ष समेत रहनु भएका रन्जन कालाखेती लगायतको टोली पुग्नु भएको थियो ।

२०७४ को चुनावमा प्रतिस्पर्धी भई चुनावमा होमिएका बानियाँ र स्याङ्तान अहिले एउटै गठबन्धनमा आबद्ध भई विरोध खतिवडालाई प्रतिनिधि सभा क्षेत्रमा र बानियाँलाई प्रदेश सभा क्षेत्रमा मत मागिरहेका छन् । त्यसो त स्याङ्तान यसपटक निर्वाचनमा प्रतिनिधिसभा तर्फ समानुपातिक सुचिमा नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार बन्नु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*