शर्मिलाको आँशु देखेपछि मेयर हर्क साम्पाङको सहयोग
असोज, हेटौँडा – काठमाडौं महानगरपालिकाले बिहीबार थापाथलीस्थित प्रसुति गृहको गेटमा पानीपुरी बेच्दै आएकी शर्मिला तामाङको ठेला काठमाडौं महानगरपालिकाको नगर प्रहरीले खोसेर लगेको भीडियो भाईरल भएपछि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले उनलाई एक महिनाको तलब प्रदान गर्ने घोषणा गरेका छन् ।
सामाजिक सञ्जालमा उनले ठेला जोगाउन गरेको अनुनयलाई महानगर प्रहरीले बेवास्ता गरेको भिडियो भाइरल बनेको देखेपछि साम्पाङले सामजिक सञ्जाल फेसबुक मार्फत उक्त घोषणा गरेका हुन् ।
मेयर हर्क साम्पाङले सामाजिक सञ्जाल फेसबुक मार्फत आफूले एक महिनाको तलब दिने घोषणा गरेका हुन् । उनले लेखेका छन्, ‘यी बैनी को हुन् र यिनलाई मेरो एक महिनाको तलब पठाइदिने घोषणा गर्दछु ! जय मान्छे ।’