दशैंमा साटिए ५५ अर्बका नयाँ नोट

तामसालिङ खबर
१६ आश्विन २०७९, आईतवार ०६:५७

असोज, काठमाडौं – नेपाल राष्ट्र बैंकले यसपालिको दशैंमा ५५ अर्ब रुपैयाँ बराबरको नयाँ नोट साटेको जनाएको छ । जसमध्ये १६ अर्ब रुपैयाँ बराबरका एक सय रुपैयाँभन्दा साना दरका र ३९ अर्ब रुपैयाँ बराबरका पाँच सय र हजार दरका नोट साटिएको हो ।

बैंक तथा वित्तीय संस्थाहरूले भने असोज २ गतेदेखि नयाँ नोट साट्न थालेका थिए । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई भने भदौ २३ गतेदेखि नै नयाँ नोट उपलब्ध गराएको थियो ।

दशैं विदा हुनु अघिसम्ममा ५५ अर्ब रुपैयाँ बराबरका नयाँ नोट साटिएको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवती नेपालले जानकारी दिए । यसमध्ये १६ अर्ब रुपैयाँ बराबरका सय रुपैयाँभन्दा साना दरका (रु ५, १०, २०, ५० र रु १०० दरका) र ३९ अर्ब रुपैयाँ बराबर ठुला दरका (रु ५०० र १००० दरका) नोट सटही भएको जनमइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*