मैत्रीपुर्ण फुटबल खेलमा पत्रकार टिमलाई ७-० गोलअन्तरले हराउदै जनप्रतिधि टिम विजयी
असोज, हेटौडा (मनहरी) – नेपालीहरुको चाड बडा दशैंको अबसरमा प्रेस सेन्टर नेपाल मनहरी गाउँ कमिटीले आयोजना गरेको मैत्रीपुर्ण फुटबल खेलमा जनप्रतिनिधिको टिम विजयी भएको छ ।
शनिबार मनहरी गाउँपालिका वडा नम्बर ७ रमौलीमा रहेको प्रस्तावित क्षेत्रीय मदन भण्डारी रंगशालामा पश्चिम मकवानपुरका पत्रकार र मनहरीका जनप्रतिनिधि विच भएको मैत्रिपुर्ण फुटबल खेलमा पत्रकारको टिमलाई पराजित गर्दै जनप्रतिनिधिको टिम विजयी भएको हो ।
पत्रकारको टिमलाई ७-० गोल अन्तरले पराजित गर्दै जनप्रतिनिधि टिम विजयी भएको हो । जनप्रतिनिधिको तर्फबाट गाँउपालिका अध्यक्ष रन्जन कालाखेली, वडा अध्यक्षद्वय राजकुमार पाख्रिन र प्रकाश थापाले गोल गरेका थिए । खेल मैत्रिपुर्ण भए पनि विजयी टिमलाई ४ किलोको लोकल कुखुरा भाले उपहार स्वरुप प्रदान गरिनुका साथै मेडल पनि प्रदान गरेका थिए ।
पश्चिम मकवानपुरमा क्रियशिल पत्रकार र मनहरीका जनप्रतिनिधिहरु विच मैत्रिभाव उत्पन्न होस भन्दै खेलको आयोजना गरेको प्रेस सेन्टर नेपाल मनहरीका अध्यक्ष जयराम मुक्तानले बताए ।
पछिल्लो समय युवा-पुस्ता फुटबल खेलमा बढ्दै गएको आकार्षणलाई प्रबर्द्धन गर्दै मनहरीको परिचय बोकेको मदन भण्डारी रंगशालाको प्रचार-प्रसारमा सहयोग पुर्याउने उद्धेश्यले खेलको आयोजना गरिएको अध्यक्ष मुक्तानले बताए ।
मैत्रीपुर्ण खेलको कार्यक्रम बागमती प्रदेशका निवर्तमान सांसद ओमबहादुर ग्लानको प्रमुख आतिथ्यता तथा प्रेस सेन्टर मनहरीका अध्यक्ष जयराम मुक्तानको सभाध्यक्षातामा भएको थियो ।
कार्यक्रममा मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेति, उपाध्यक्ष सीता पुलामी मगर, वडाअध्यक्षहरु दीपेन्द्र अधिकारी, प्रकाश थापा, राजकुमार पाख्रिन, नारायण उप्रेती, नेकपा माओवादी केन्द्र बागमती प्रदेशका सचिवालय सदस्य बिर बहादुर घलान (ज्वाला), प्रेस सेन्टर नेपाल मकवानपुरका अध्यक्ष अञ्जली थापा, नेपाल पत्रकार महासंघ मकवानपुरका सचिव शुभलक्ष्मी बिक (प्रभा), समाजवादी प्रेस संगठनका केन्द्रिय सदस्य शिवकुमार काशी, तामाङ पत्रकार संघका केन्द्रिय सदस्य आदर्श सिं थोकर, माओवादी केन्द्र मनहरीमा उपाध्यक्ष दिल बहादुर स्याङबो, नेपाली कांग्रेस मनहरीका सभापति प्रकाश बर्तौला लगायतको आतिथ्यता रहेका थिए ।