निर्वाचनमा निष्पक्ष पत्रकारिता आवश्यक – मिडिया एक्सन

तामसालिङ खबर
१३ आश्विन २०७९, बिहीबार ०६:४०

असोज, हेटौंडा – पत्रकारिता क्षेत्रमा निरन्तर सक्रिय मिडिया एक्सन नेपालले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा निष्पक्ष पत्रकारिता गर्नुपर्नेमा जाेड दिएकाे छ ।

निर्वाचनमा हुन सक्ने सही र गलत पक्षलाई पत्रकारहरूले निष्पक्ष ढंगबाट समाचारका रूपमा सम्प्रेषण गर्नुपर्ने मिडिया एक्सनले जनाएकाे हाे । मिडिया एक्सन नेपालले हेटौंडामा पत्रकारको लागि एक दिने कार्याशाला गोष्ठी आयोजना गर्दै निर्वाचनका क्रममा पत्रकारहरूले लेख्न हुने र नहुने सम्बन्धमा जानकारी दिएकाे थियाे ।

मिडिया एक्सन नेपालले पत्रकारहरुको लागि नेपालमा निर्वाचनको निष्पक्ष मिडिया कभरेजलाई प्रवर्द्धन गर्न संवेदनशीलता, मार्गदर्शन र फेलोसिपको माध्यमबाट पत्रकारहरूको व्यावसायिक क्षमतालाई सुदृढ गर्ने विषयक कार्यशाला गोष्ठी आयोजना गरेको हो ।

गोष्ठीमा मकवानपुर र चितवनका २० जना पत्रकारहरू सहभागी थिए । गोष्ठीमा मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत पन्त, उपाध्यक्ष प्रीयंका झा , सचीव गणेश प्रसाद घिमिरे र मानव अधिकार विशेषज्ञ श्री अधिकारीले सहजीकरण गरेका थिए ।

गोष्ठीमा निर्वाचन अघि, निर्वाचन भइरहँदा र निर्वाचन पछि पत्रकारको भुमिका, नैतिकता र आचारसंहिता बारे सहजीकरण गरिएकाे थियाे । निर्वाचनका सन्दर्भमा पत्रकारहरूले मानव अधिकारका विषयलाई पनि ध्यान दिएर समाचार सम्प्रेक्षण गर्नुपर्नेमा जाेड दिइएकाे थियाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*